प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ को पहिलो जित र बाग्मती प्रदेशलाई लगातार तेस्रो सफलता 

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ को पहिलो जित र बाग्मती प्रदेशलाई लगातार तेस्रो सफलता 

आज सम्पन्न पहिलो खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ५९ रनले पराजित गर्याे। २ सय १६ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेशको टोली ३५ ओभरमा १ सय ५६ रनमा समेटिएको थियो। उसका लागि विपिन रावतले सर्वाधिक ४७ रन बनाए। यस्तै, निश्चल रावलले ३१, रविन्द्र शाहीले १८, दिवान पुनले १४ र दिनेश अधिकारीले ११ रनको योगदान दिए।

कर्णालीलाई सस्तैमा समेट्न मिनास थापाले ५ र दीपेश कँडेलले ३ विकेट चट्काए। थापाले १० ओभरमा २ मेडन राख्दै २६ रन खर्चिँदा कँडेलले ९ ओभरमा ३ मेडन राख्दै २३ रन दिएका थिए। यस्तै, मनोज तामाङको नाममा २ विकेट रह्यो।

त्यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय १५ रन जोडेको थियो। उसका लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक ६६ रनको पारी खेले। यस्तै, शुभांकर उरावले ३६ रनको योगदान दिँदा मिनास थापाले २५, फिर्दाेस अन्सारी र श्रवण यादवले समान १७ रन जोडे।

बलिङमा कर्णालीका रवीन्द्र शाहीले ३ विकेट लिँदा दिनेश अधिकारी तथा अनुज चुनाराले समान २ र दिवान पुन तथा राज शाहले १-१ विकेट चट्काए।

जारी प्रतियोगितामा ३ खेल खेलेको प्रदेश १ ले जितसँगै अंकतालिकामा २ अंक जोडेको छ। 

अर्काे खेलमा बाग्मतीले प्रदेश २ लाई ६ विकेटले पराजित गरेको छ। बाग्मती प्रदेशको प्रतियोगितामा यो लगातार तेस्रो जित हो। ऊ अंकतालिकामा ६ अंकसहित शीर्ष स्थानमा छ। 

१८० रनको लक्ष्य पछ्याएको बाग्मतीले १० खेल अगावै ६ विकेट गुमाएर जित निकाल्यो।

माघ ९, २०७७ शुक्रबार १६:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।