
६ दिनमा ११ सय रूपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं : पछिल्लो ६ दिनमा सुनको मूल्य ११ सय रूपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार गत आइतबार प्रतितोला ९१ हजार ८ सय रूपैयाँ तोकिएको छापावाल सुन शुक्रबार (आज) ९२ हजार ९ सय रूपैयाँ कायम भएको छ।
यस्तै, तेजाबी सुन पनि सोही दरमा बढेको छ। साताको कारोबारको पहिलो दिन आइतबार तेजाबी सुन तोलाको ९१ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको थियो। साताको कारोबारको अन्तिम दिन शुक्रबार उक्त सुन प्रतितोला ९२ हजार ४ सय पुगेको छ।
पछिल्लो ६ दिनमा चाँदीको मूल्य भने प्रतितोला ३० रूपैयाँले बढेको छ। गत आइतबार तोलाको १ हजार २ सय ३० रूपैयाँ कायम भएको चाँदी आज १ हजार २ सय ६० पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
माघ ९, २०७७ शुक्रबार १४:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।