
ढँटुवा सरकारविरुद्ध उखु किसान पुन: आन्दोलनमा

६५ करोड बक्यौतामध्ये अझै आठ करोड रकम किसानले पाएका छैनन्। समितिले बिहीबार विज्ञप्तिमार्फत भुक्तानी पाउनुपर्ने यकिन रकमको विवरण उद्योगसँगै रहेको र किसानहरूले सबै रकम नपाएको भन्दै सम्पूर्ण रकम किसानको खाता मार्फत भुक्तानी गरिसकेको प्रमाण विवरण तत्काल सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहने उल्लेख गरेका छन्।
सरकारले फेरि ढाँट्यो उखु किसानलाई, म्याद सकियो तर भएन भुक्तानी
उनीहरू आन्दोलनका लागि तत्काल काठमाडौँ भने नआउने भएका छन्। घोषित आन्दोलनमा माघ १० गतेदेखि फागुन सात गतेसम्म किसान जागरण अभियान चलाउने र फागुन ८ देखि १४ सम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने उल्लेख छ।
फागुन १५ देखि २१ सम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने र यो बिचमा पनि समस्या समाधान नभए तेस्रो चरणको आन्दोलन घोषणा गर्ने सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ राय, सचिव हरिश्याम राय र किसान रामविकास पण्डितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
माघ ८, २०७७ बिहीबार १९:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।