केयुको उपकुलपतिमा मकाजुसहित तीन जना सिफारिस

केयुको उपकुलपतिमा मकाजुसहित तीन जना सिफारिस

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजक रहेको समितिले 
मकाजूसँगै प्राडा. भोला थापा र प्राडा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको स्रोतले बतायो। 

छनौट समितिमा समितिमा सुरेशराज शर्मा र दमननाथ ढुङ्गानालाई सदस्य छन्। गत पुस १३ गते विश्वविद्यालयको ८८ औँ सभा (सिनेट)ले शर्मा र ढुङ्गाना समिति सदस्यमा चयन गरेको थियो। 

मन्त्र श्रेष्ठको व्यक्तिगत इमेलमा आवेदन माग भएको थियो जसमा ४० जनाले आवेदन दिएका थिए। सिफारिस अनुसार मन्त्रिपरिषद् उपकुलपति नियुक्त गर्नेछ। 

तेस्रो पटक नि मकाजु !
माकाजुले नयाँ कार्यकालमा पुनः नेतृत्व पाउनुपर्ने भन्दै लबिङसमेत थालेका छन्। यो कार्यकालका बाँकी काम पूरा गर्न पुनः नेतृत्व पाउनुपर्ने भन्दै उनी लबिङमा लागिरहेको बताइएको छ। उनी मन्त्री श्रेष्ठ निकट हुन्।
मकाजु नियुक्त भए यो उनको तेस्रो कार्यकाल हुनेछ।

सम्बन्धन र अनुगमनमा खेलाँची
मेडिकल कलेजलाई सम्बन्धन दिने र अनुगमन गर्ने पाटोमा मकाजुको आलोचना हुँदै आएको छ। मेडिकल कलेजको अनुगमनमा खेलाँची गरेको र नेताको प्रभावको आधारमा सम्बन्धन दिएको विषयमा केयु पनि विवादित हुँदै आएको छ।
प्राध्यापक सङ्घले आर्थिक अनियमितताको आरोप लगाउँदै आएको छ भने विध्यार्थीहरु पटक-पटक अनशन बसेका थिए।

माघ ५, २०७७ सोमबार २३:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।