धम्क्याएर पैसा माग्ने तीन जना पक्राउ

धम्क्याएर पैसा माग्ने तीन जना पक्राउ

प्रहरीले प्रदीप कार्की, सुरज भण्डारी र किरण कार्कीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न व्यक्तिहरूलाई फोन तथा एसएमएस गरी ज्यान मार्ने डर धम्की दिई लाखौँ रकम माग गरेको सूचनाको आधारमा प्रहरी उनीहरूको खोजीमा थियो।

महानगरीय अपराध महाशाखाले उनीहरूलाई आइतबार बागबजारमा फेला पारेको जानकारी दिएको छ। उनीहरूको साथबाट विभिन्न व्यक्तिलाई धम्क्याउन प्रयोग गरेको ५ वटा मोबाइल तथा सिम फेला परेको प्रहरीको दाबी छ।

 

माघ ५, २०७७ सोमबार २२:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।