वडा कार्यालयद्वारा विद्यालयलाई स्विटर र स्वास्थ्य सामग्री

तस्बिर : प्रफुल्ल भण्डारीको फेसबुकबाट।
वडा कार्यालयले आफ्नै वडाको पब्लिक माविका कक्षा १ देखि ५ सम्म अध्ययरत विद्यार्थीका लागि स्विटर दिएको हो। यस्तै, स्वास्थ्य सामग्रीअन्तर्गत मास्क, सेनिटाइजर र हात धुने साबुन पनि वितरण गरिएको वडा कार्यालयले जनाएको छ।
उक्त सामग्री वडाअध्यक्ष नेत्रप्रसाद काफ्ले र वडासदस्य कमला श्रेष्ठले विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम शर्मा निरौला तथा पूर्वप्रधानाध्यापक ईश्वर सापकोटालाई संयुक्तरूपमा हस्तान्तरण गरेका थिए।
माघ ५, २०७७ सोमबार २०:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।