एनआइसीको एटिएम फुटाउँदा फुटाउँदै पक्राउ

एनआइसीको एटिएम फुटाउँदा फुटाउँदै पक्राउ

बिहान सवा २ बजे एटिएम मेसिन फोरेर पैसा चोर्दै गरेको अवस्थामा उनी पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

परिसरका अनुसार बिहान महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट प्रहरी निरीक्षक ज्ञान बहादुर माझीको कमान्डमा डिउटीमा खटिएको टोलीले उनलाई फेला पारेको हो। प्रहरीले उनको साथबाट एटिएम मेसिन फुटाउन प्रयोग गरेको पाइप रेन्चु, हथौडा बरामद गरेको छ।

प्रहरी पुग्दा उनले एटिएम मेसिन फोडिसकेका थिए। तर रकम भने झिक्न नभ्याएको प्रहरीले जानकारी दिएको छ।

 

माघ ५, २०७७ सोमबार १८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।