सरकारले फेरि ढाँट्यो उखु किसानलाई, म्याद सकियो तर भएन भुक्तानी

सरकारले फेरि ढाँट्यो उखु किसानलाई, म्याद सकियो तर भएन भुक्तानी

उद्योगीले उखु किन्ने तर भुक्तानी नदिने गरेपछि दोस्रो पटक आन्दोलन गर्न काठमाडौँ आएका किसानलाई सरकारले २१ दिनभित्र भुक्तानी दिलाउने भन्दै आन्दोलन तोडाएको थियो।

२१ दिन बित्यो तर उनीहरूले भुक्तानी पाएनन्। पहिलो पटकको आन्दोलनमा पनि सरकारले यसै गरी सम्झौता गरेर धोका दिएको थियो। दोस्रो पटक पनि धोका भएपछि आन्दोलित किसान रुष्ट छन्। उखु किसान र सरकारबिच पुस १३ मा सम्झौता भएको थियो।

उखु किसान सङ्घर्ष समितिका संरक्षक राकेश कुमार मिश्र सरकारको नियत शङ्कास्पद भएको बताए। 

उखु किसानलाई सरकारले तीन साताभित्र भुक्तानी दिलाउने 

 

‘सरकारले उखु किसानको धेरै रकम गइसकेको बताएको छ ।भुक्तानी पाएको उखु किसानको सङ्ख्या धेरै तर पुरै रकम भने नदिएको पाइएको छ,’ उनले भने ‘सरकारले फेरि पनि किसानलाई मारमा पारेको छ ।’

उद्योग मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीका अनुसार अब चिनी उद्योगीले किसानलाई बुझाउनु पर्ने रकम ११ करोड मात्रै बाँकी छ। ‘४ वटा उद्योगबाट ५४ करोड रुपैयाँ बराबर उखु किसानको खातामा गइसकेको छ।,’ प्रवक्ता रेग्मीले भने ‘११ करोड बाँकी  छ त्यो पनि छिट्टै भुक्तानी हुन्छ।’

किसान सङ्घ कपिलवस्तुका अध्यक्ष अनुप कुमार चौधरीले भने वीरेन्द्र कनोडियाको सवालमा सरकारले कुनै काम नगरेको बताए। ‘मन्त्रालयले देखाउने हिसाब र हाम्रो हिसाब फरक छ। मन्त्रालयले कनोडियोको ठगीबारे केही गरेन,’ चौधरीले भने ‘फेरि रकम नपाएर आन्दोलन गर्नुपर्ने स्थिति आउला जस्तो छ।’ 

२५ हजार उठाउन ७६ वर्षीय अहिरको सडक संघर्ष

यसबारे उद्योग मन्त्रालयका प्रवक्ता रेग्मी भने महालक्ष्मी सुगर मिलबारे मन्त्रालयले गठन गरेको समितिले अनुसन्धान गरिरहेको बताउँछन् । 

उखु किसानले उखु बेचेबापतको रकम पाउनुपर्ने भन्दै मङ्सिर २८ गतेदेखि १५ दिन आन्दोलन गरेका थिए । 

यसपालि उखुको रकम नपाएसम्म आन्दोलन गर्ने बताएका किसान अकस्मात् प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि  सरकारसँग सम्झौता गर्न बाध्य भएका थिए। पुस १३ गते सरकारसँग ४ बुँदे सम्झौताको प्रमुख बुँदामा २१ दिन भित्र रकम पाउने सहमति गरेका थिए।

उद्योग मन्त्रालय र किसान बिच सम्झौता भएको थियो । सरकारले उखु किसानसँग गरेको सम्झौताको भोलिपल्ट आन्दोलनरत उखु किसान नारायण रायको ह्दयघातका कारण निधन भएको थियो ।   

सरकार ढुक्क भए हुन्छ, अब नारायण उखुको पैसा माग्न माइतीघरमा आउने छैनन्

उद्योग वाणिज्य तथा  आपूर्ति मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार ३० करोड रुपैयाँ तिर्न बाँकी रहेको अन्नपूर्ण सुगर मिलले १३ करोड रुपैयाँ तिर्न बाँकी छ। त्यस्तै किसानलाई ३५ करोड रुपैयाँ तिर्न बाँकी रहेको श्रीराम सुगर मिलले आइतबारसम्ममा ३१ करोड रुपैयाँ तिरेको छ भने ४ करोड बढी तिर्न बाँकी छ।

कांग्रेस नेताको दोहोरो चरित्र: आन्दोलनमा समर्थन, किसानमारा नेतालाई संरक्षण

४ करोड ७० लाख रुपैयाँ बराबर बक्यौता रहेको इन्दिरा सुगर मिलले २ करोड रुपैयाँ बराबर मात्रै भुक्तानी दिएको देखिएको छ। १० करोड ७४ लाख रुपैयाँ बराबर तिर्न बाँकी रहेको लुम्बिनी सुगर मिलले ८ करोड रुपैयाँ बुझाएको छ।

थप समाचार :

सरकार, बिकाउ मण्डलको आँसु लाग्ला है !

‘बरु मर्छाैं, उखुको पैसा नलिएर जान्नौं’

 

नौ करोडको हिसाब राखेका किसानलाई कनौडियाको धम्की– चार करोड नतिरे अदालत जान्छु

 

 

माघ ५, २०७७ सोमबार १५:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।