आर्मीद्वारा गण्डकीसामु २८८ रनको लक्ष्य प्रस्तुत 

आर्मीद्वारा गण्डकीसामु २८८ रनको लक्ष्य प्रस्तुत 

काठमाडौं : त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशसामु २८८ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८७ रन बनायो। उसका लागि कप्तान विनोद भण्डारीले शतकीय पारी खेले। भण्डारीले ७२ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै अविजित १११ रन बनाए। 

यस्तै, आर्मीका राजु रिजालले ४५, लोकेश बमले ४२ र राजेश पुलामीले ३८ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन्।  

बलिङतर्फ गण्डकीका विशाल पौडेल र विपिन खत्रीले समान २ विकेट लिए। यस्तै, दीपेश खत्री र चन्द्र पौडेलको नाममा १–१ विकेट रह्यो। 

गण्डकीले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। २ ओभरको खेल सकिँदा गण्डकीले विकेट नगुमाएर ३ रन जोडेको छ। उसका लागि अर्जुन कुमाल २ र दीपेश खत्री १ रनमा खेलिरहेका छन्। 

माघ २, २०७७ शुक्रबार १३:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।