प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट सुरु, उद्घाटन खेलमा आर्मी र गण्डकी प्रतिष्पर्धा गर्दै 

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट सुरु, उद्घाटन खेलमा आर्मी र गण्डकी प्रतिष्पर्धा गर्दै 

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज (शुक्रबार)बाट सुरु भएको छ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु भएको उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशको टिम प्रतिष्पर्धा गर्दैछन्। 

आर्मीले टस जितेर ब्याटिङ गरिरहेको छ। २ ओभरको खेल सकिँदा आर्मीले विकेट नगुमाएर ६ रन जोडेको छ। आर्मीका राजु रिजाल ५ र हरिकृष्ण झा १ रनमा खेलिरहेका छन्। 

गण्डकीका दीपेश खत्री र चन्द्र पौडेलले समान १ ओभर बलिङ गरेका छन्। 

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको प्रतियोगितामा ३ विभागीयसहित १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। 

तालिकाको समूह ‘ए’मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ छन्। यस्तै, समूह ‘बी’मा साविक विजेता नेपाल पुलिस, बागमती, लुम्बिनी, सुदरपश्चिम र प्रदेश २ छन्। 

माघ २, २०७७ शुक्रबार ०९:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।