माघे संक्रान्तिको किनमेल (फोटो फिचर) 

माघे संक्रान्तिको किनमेल (फोटो फिचर) 

राजधानीको असनमा आज (बुधबार) देखिएको दृश्य हो यो। सडक छेउमा राखिएका पसलमा माघे संक्रान्तिको अघिल्लो दिन तरुल, चाकुलगायत खानेकुरा किन्न आएका ग्राहकले चहलपहल बढेको थियो असनमा। 

उसो त कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीका कारण सुनसान देखिएको असनमा माघे संक्रान्तिमा केही रौनक देखिएको थियो। 

माघ १ गते मनाइने माघे संक्रान्ति ‘मकर संक्रान्ति’, ‘माघी’ पनि नामले चिनिन्छ। नेपालीको प्रमुख चाडमध्येको एक मानिने यो पर्वमा तरुल, घिउ, सखरखन्ड, चाकुलगायत परिकार खाने प्रचलन छ। 

ज्योतिष शास्त्र अनुसार माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो। 

यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्छ। 
 

पुष २९, २०७७ बुधबार २२:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।