प्राथमिक सेयर निष्कासन गर्न कम्पनीबीच होड, दर्जन कम्पनीको आउँदैछ आइपिओ

प्राथमिक सेयर निष्कासन गर्न कम्पनीबीच  होड, दर्जन कम्पनीको आउँदैछ आइपिओ

डिस मिडिया नेटवर्कले २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको छ। न्यादी हाइड्रोपावर कम्पनीले प्रभावित स्थानीय र सर्वसाधारणका लागि गरी ४० लाख ५० हजार कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति कुरेर बसेको छ।

ज्योति लाइफ इन्स्योरेन्सले ६६ लाख कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ। महिला लघु वित्त वित्तीय संस्थाले ४ लाख कित्ता प्राथमिक सेयर निष्कासनको अनुमतिका लागि निवेदन दिएको छ। 

८६ मेगावाट क्षमताको सोलु खोला आयोजना निर्माण गरिरहेको साहस ऊर्जाले एक करोड ५ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ। 

मध्य भोटेकोसी जलविद्युत कम्पनी पनि सेयर निष्कासनको पाइपलाइनमा छ।   कम्पनीले एक करोड ५० लाख कित्ता सेयर निष्कासन गर्दैछ।

 

पुष २९, २०७७ बुधबार २१:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।