शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाको मृत्यु

शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाको मृत्यु
सांकेतिक तस्बिर।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार सोमबार साँझ शिविरको सेक्टर डी–फोरअन्तर्गत ६० वर्षीय देशमान राईको छाप्रोमा आगलागी हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो। 

राई आफ्नै छाप्रोमा सुतिरहेका थिए। छाप्रो पूर्णरुपमा जलेको छ। आगलागीको कारण खुलेको छैन।

दमक नगरपालिकाको दमकलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय मिलेर आगो निभाइएको प्रहरीले जनाएको छ। 

पुष २८, २०७७ मंगलबार ०९:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।