रहेनन् राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर शाही

उनको पुर्ख्यौली घर दैलेखको चौरटामा आइतबार राति साढे ९ बजे ६५ वर्षको उमेरमा निधन भएको हो। उनको पुर्ख्यौली घरमै अन्तिम संस्कार गरिने भएको परिवारले जनाएकाे छ।
शाहीले १९७९ देखि १९८८ सम्म नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका थिए। सन् १९८४ मा नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ)मा स्वर्ण पदक जित्दा उनी टिमका सदस्य थिए।
शाहीले सन् १९९५ देखि २००२ सम्म अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिवको जिम्मेवारी सम्हालेका थिए।
पुष २७, २०७७ सोमबार ११:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।