आयल निगमका अधिकृत सिआइबीको हिरासतमा

आयल निगमका अधिकृत सिआइबीको हिरासतमा

दुई वटा ट्यांकरमा फल्स चेम्बर राखेर तेल चोरी गरेको विषयमा अनुसन्धानका लागि ब्युरोले काप्रीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो। 

काप्री ट्यांकरको क्यालिब्रेसनको जिम्मेवारी पाएका कर्मचारी हुन्। यस अगाडि फल्स च्यामबर राखेर तेल चोरी गरेको पुष्टि भएपछि ना७ख ३६९६ र ना७ख २९९५ नम्बरको ट्याङ्कर समातिएको थियो। दुवै ट्याङ्करको क्यालिब्रेसन गर्दा नाप जाँच ठिक रहेको पुष्टि उनै काप्रीले गरेका थिए। 

ब्युरोले दुवै ट्याङ्करका चालक विकेश लामा र अजय लामालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

पुष २७, २०७७ सोमबार ०९:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।