साढे आठ रोपनी सरकारी जग्गा यसरी भयो व्यक्तिका नाममा 

साढे आठ रोपनी सरकारी जग्गा यसरी भयो व्यक्तिका नाममा 

ललितपुर साविक हरिसिद्धी गाविस–१/ क हाल ललितपुर महानगरपालिका–२८ र साविक धापाखेल गाविस–१/घ(२) हाल ललितपुर महानगरपालिका–२३ स्थित सिलौटेमा पर्ने कर्मनासा (कोड्कु) खोला एवं सो खोला आसपासको आठ रोपनी १२ आना तीन पैसा दुई दाम सरकारी जग्गा व्यक्तिका नाममा गरेको खुलेको अख्तियारले जनाएको छ। 

सरकारी जग्गा व्यक्तिका नाममा गर्ने कार्यमा संलग्न मालपोत अधिकृत बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव र सर्भेक्षक केशब थापा मगरसहित १७ जनाबिरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

मुद्दा दायर गरिएकाहरुमा सरकारी कर्मचारीसहित हाउजिङ्ग कम्पनी तथा अस्पतालका संचालकहरु पनि छन्।

यस्तै जग्गा खरिद गर्ने ज्योत्सना जोशीसमेत ३३ जनालाई सरकारी जग्गा जफतका लागि अख्तियारले बिपक्षी बनाएको छ। 

यस्तो छ आरोप पत्र

 

पुष २६, २०७७ आइतबार १६:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।