नेपालकी पुष्पाले बङ्गलादेशमा सम्पन्न म्याराथनमा जितिन् स्वर्ण

नेपालकी पुष्पाले बङ्गलादेशमा सम्पन्न म्याराथनमा जितिन् स्वर्ण

काठमाडौं : नेपालकी पुष्पा भण्डारीले बंङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा स्वर्ण पदम जितेकी छन्।
ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितेकी हुन्।

निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन्।

सो स्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गरिन्। उनले निर्धारित दूरी तीन घण्टा ४६ सेकेण्डमा पूरा गरिन्। सो प्रतियोगितामा भारतकै गिगमत डोल्माले तीन घण्टा नौ मिनेटमा निर्धारित दूरी पूरा गर्दै तेस्रो भइन्।

गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा भण्डारीले म्याराथनमा रजत पदक मात्र प्राप्त गरेकी थिइन्।

भण्डारी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आवद्ध छिन्। पुरुष म्याराथनमा नेपालका किरणसिंह बोगटी चौथो भए। बोगटीले निर्धारित दूरी दुई घण्टा २४ मिनेट १३ सेकेण्डमा पूरा गरे। दौडका क्रममा उनलाई चोट लागेपछि दौडमापछि परेको प्रशिक्षक धनीराम चौधरीले जानकारी दिए।

उनले १३ औँ सागमा भने म्याराथनमा स्वर्ण जितेका थिए। उक्त स्पर्धामा भारतका बहादुर सिंहले निर्धारित दूरी दुई घण्टा २१ मिनेट ४० सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जिते।

भारतकै राजपाल सिंह दुई घण्टा २१ मिनेट ४१ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो तथा भारतकै रवि प्रकाश दुई घण्टा २५ मिनेट २३ सेकेण्डको समयमा दौड पूरा गर्दै तेस्रो भए।

पुष २६, २०७७ आइतबार १६:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।