मुख्यमन्त्री राईबिरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने दुई सांसदले गरे कित्ता परिवर्तन

मुख्यमन्त्री राईबिरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने दुई सांसदले गरे कित्ता परिवर्तन

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबिरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने दुई जना सांसदले कित्ता परिवर्तन गरेका छन्।

प्रदेश सांसद कला घले र वसन्तीदेवी यादवले पुष्पकमल दाहाल–माधव नेपाल समूह छोडेर ओली समूहमा आएका हुन्। यादव मारङकी सांसद हुन भने घले उदयपुरकी हुन्।

दाहाल–नेपाल पक्षका भीम आचार्यलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै मुख्यमन्त्री राईबिरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी उदयपुरकी घले पनि समूह परिर्वतन गरेर ओली पक्षमा उभिन पुगेकी छिन् ।

दाहाल–नेपाल पक्षका पूर्वमन्त्री इन्द्र आङ्बो प्रस्तावक रहेको सो अविश्वासको प्रस्तावमा कुल ३७ जनाको हस्ताक्षर रहेको थियो। अविश्वासको पस्ताव पेश भएको चारदिनपछि कित्ता परिवर्तन गरी उनी ओली समूहका मुख्यमन्त्री राईको पक्षमा उभिएकी थिइन्।

कित्ता परिवर्तन गरेका सांसदद्वयले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर जनमतमा जाने निर्णय स्वागतयोग्य भएको भन्दै मुख्यमन्त्री नेतृत्वको सरकारमा बचाउनमा आफूहरुको भूमिका रहने बताएका छन्।

पुष २६, २०७७ आइतबार १४:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।