
तोलामा २३ सय रूपैयाँ घट्यो सुनको भाउ

काठमाडौं : नेपाली बजारमा सुनको भाउ तोलामा २३ सय रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका आज (आइतबार) छापावाल सुन प्रतितोला ९३ हजार रूपैयाँ तोकिएको छ। हिजो यसको मूल्य तोलाको ९५ हजार ३ सय रूपैयाँ थियो।
यस्तै, तेजावी सुन सोही दरमा घटेको छ। सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९२ हजार ५ सय रूपैयाँ कायम छ। हिजो यसको मूल्य तोलाको ९४ हजार ८ सय रूपैयाँ तोकिएको थियो।
चाँदीको मूल्य पनि प्रतितोला ६० रूपैयाँ १ हजार २ सय ७० रूपैयाँ कायम भएको छ। हिजो यसको मूल्य प्रतितोला १ हजार ३ सय ३० रूपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
पुष २६, २०७७ आइतबार १३:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।