अर्को बैंकमा एटिएम प्रयोग गर्दा माघ १ गतेबाट शुल्क लाग्ने

अर्को बैंकमा एटिएम प्रयोग गर्दा माघ १ गतेबाट शुल्क लाग्ने

बिहीबार नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको हो। 

राष्ट्र बैंकले महिनामा दुई पटक मात्रै प्रयोग गर्दा भने नि:शुल्क गर्नुपर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

दुई पटकभन्दा बढी कारोबारमा प्रतिकारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ। 

कोरोनाको असरका कारण गत चैतको दोस्रो साताबाट अन्तर एटिएम कारोबार बैंकहरुले नै निशुल्क गरेका थिए।

राष्ट्र बैंकले नै पछि निर्देशन नै जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन नपाउने व्यवस्था गरेको थियो। 

यस्तो छ निर्देशिका

 

 

पुष २३, २०७७ बिहीबार १७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।