मालपोतका नासु र लेखन्दास घुससहित पक्राउ

नायव सुब्बा बेधनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महतोलाई आयोग बर्दिवास कार्यालयबाट गएको टोलीले ११ हजार घुससहित रंगेहात पक्राउ गरेको हो।
लालपूर्जामा नाम सच्याउने नाममा एकजना सेवाग्राहीसँग रु ११ हजार घुस लिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ।
पुष २३, २०७७ बिहीबार १५:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।