झापामा बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

काठमाडौं : झापामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ।
शिवसताक्षी नगरपालिका–८, झिलझिलेमा को १ ख ६०९८ नम्बरको बस र प्र–१–०२–०४३ प ९२१८ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो ठोक्किँदा बराहक्षेत्र नगरपालिका–७ का ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र सुनसरीको इटहरी उपमहानगरपालिका–५ की २८ वर्षीया सलिना राईको ज्यान गएको हो।
तामाङ मोटरसाइकल चालक र राई मोटरसाइकलमा सवार रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनापछि गम्भीर घाइते दुवै जनाको बिर्तामोडस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पुष २१, २०७७ मंगलबार २०:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।