ध्रुवताराको छैटौं वार्षिक साधारणसभा सुरु

ध्रुवताराको छैटौं वार्षिक साधारणसभा सुरु

ललितपुर : ध्रुवतारा बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारणसभा सुरु भएको छ। संस्थाको छैटौं वार्षिक साधारणसभा मंगलबार सुरु भएको हो।

पुल्चोकमा केन्द्रीय कार्यालय रहेको सहकारीले कोरोना महामारीका कारण सजगता अपनाउँदै चार दिन लगाएर साधारणसभा गर्न लागेको जनाएको छ। सहकारीले केन्द्रीय कार्यालय र इमाडोलमा रहेको सेवा केन्द्रमा साधारणसभा आयोजना गर्ने भएको छ।   

साधारणसभाका लागि ललितपुरका ६ स्थानीय तहलाई फरक–फरक समय र स्थान तोकिएका छन्। 

सहकारीका अनुसार ललितपुर महानगरपालिकाका लागि मंगलबार केन्द्रीय कार्यालयमा, महालक्ष्मी नगरपालिकाका लागि बुधबार इमाडोल सेवा केन्द्रमा बाग्मती गाउँ महाँकाल, कोन्ज्योसोम र गोदावरी नगरपालिकाका लागि बिहीबार पुल्चोकस्थित कार्यालय र बाँकी क्षेत्रका सदस्यहरूका लागि शुक्रबार केन्द्रीय कार्यालयमा कार्यक्रम राखिएको छ। 

सञ्चालक समितिको पुस ९ मा बसेको बैठकले यसबारे निर्णय गरेको थियो। 

पुष २१, २०७७ मंगलबार १८:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।