प्रधानमन्त्री कप महिला टी ट्वान्टी क्रिकेटको उपाधि प्रदेश १ लाई

प्रधानमन्त्री कप महिला टी ट्वान्टी क्रिकेटको उपाधि प्रदेश १ लाई
तस्वीर सौजन्य : नेपाल क्रिकेट संघ

दाङको लमहीमा भर्खरै सम्पन्न फाइनल खेलमा सशस्त्र प्रहरीको विभागीय टिमलाई आठ रनले पराजित गर्दै प्रदेश १ ले उपाधि जितेको हो। 

१०६ रनको लक्ष्य पछ्याएको एपीएफ ९९ रनमा समेटिएपछि प्रदेश १ ले उपाधि जितेको हो। 

टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले पूरा ओभर खेल्दै चार विकेटको क्षतिमा १०५ रन बनाएको थियो। 

एक सय ६ रनको विजयी लक्ष्य लिएरमा ब्याटिङ गर्न मैदानमा उत्रेको एपीएफ पूरा ओभर खेल्दै सात विकेटको क्षतिमा ९९ रनमा समेटियो। 

प्रदेश १ को जितका लागि ओपनरद्वय रुविना क्षेत्री र अप्सरी बेगमले ५८ रनको साझेदारी गरे। बेगम ३४ रनमा पेवेलियन फर्किइन् भने कप्तान क्षेत्रीले १८ रन जोडिन्।

उनीहरु दुवैलाई एपीएफकी कप्तान सीता राना मगरले पेवेलियन पठाएकी थिइन्।

तेस्रो नम्बरमा मैदान प्रवेश गरेकी काजल श्रेष्ठले अविजित २९ रन बनाइन् भने रोमा थापा र निशा शाहले राम्रो प्रदर्शन गरेनन्।
एपीएफकी राना मगरले तीन विकेट लिँदा करुण भण्डारीले एक विकेट गिराइन्।

जबाफी ब्याटिङमा आएको एपीएफले खराब सुरुवात गर्दै दोस्रो ओभरमै पहिलो विकेट गुमाउन पुग्यो। बलिया ब्याट्स्मेन ज्योति पाण्डे १४ रनमा आउट भइन् भने राजमती ऐरी शून्य तथा इन्दु बर्मा सात रनमा आउट भइन्। 

मध्यक्रममा ममता चौधरीले करुणा भण्डारीको साझेदारी तोड्न प्रदेश १ लाई दबाब परेको थियो। उनीहरुले ६४ रनको साझेदारी गर्दै एपीएफलाई जीवनदिन चाहे पनि सकेनन्। ममताले ३४ रन बनाइन् भने करुणाले २६ रन जोडिन्।

प्रदेश १ की रुविना क्षेत्री र एलिसा खडियाले  समान ११ विकेट लिए।

प्रतिस्पर्धात्मक फाइनल खेलमा अन्तिम ६ बलमा १३ रन बाँकी थियो। तर अन्तिम ओभरमा एपीएफले दुई विकेट गुमाएपछि खेलमा प्रदेश १ हाबी भएको थियो।

विजयी टोलीले पाँच लाख नगदसहित कप पाएको छ भने उपविजेताले तीन लाख पाएको छ।
प्रधामन्त्री कप महिला टी ट्वान्टी उपाधि प्रदेश १ ले पहिलो पटक जितेको हो।

प्रतियोगिताको फाइनल खेल हेर्न रंगशालामा दर्शकको बाक्लो उपस्थिति थियो। 

 

पुष १९, २०७७ आइतबार १५:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।