बाघले स्कुटीबाट लगेको महिलाको शव भेटियो

पाटे बाघले आक्रमण गरेको ठाउँदेखि झण्डै ५ सय मिटर निकुञ्जभित्र कुवाँभारको गुम्ना पुल नजिकै क्षतविक्षत अवस्थामा महिलाको शव फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए। पाटे बाघले महिलाको घाँटी, कम्मर र खुट्टाको आधा भाग खाएको अवस्थामा शव फेला परेको उनले बताए।
शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएको थापाले जानकारी दिए।
कोहलपुरमा उपचार पछि शुक्रबार राति छोरासँग स्कुटीमा आफ्नो घर कैलालीको लम्किचुहा नगरपालिका–४ मा जाँदै गर्दा ५० वर्षकी नन्दकला थपालाई पाटे बाघले झम्टेर लगेको थियो। स्कुटी चालक सन्तोष थापालाई सामान्य चोट लागेको निकुञ्जले जनाएको छ।
बाघले आक्रमण गरेको खबर पाए लगत्तै निकुञ्जको टोली र नेपाली सेनाले हात्तीको सहायताबाट बेपत्ता भएकी महिलाको खोजी गरिरहेको थियो।
पुष १८, २०७७ शनिबार १६:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।