गुडिरहेको स्कुटीबाट बाघले महिला लग्यो

कोहलपुरबाट उपचार गरेर छोरासंगै घरफर्किरहेकी कैलालीको लम्किचुहा नगरपालिका–४ कि ५० वर्षीया नन्कला थापालाई बाघले लगेको हो। शुक्रबार राति करिब साढे ८ बजेतिर गुडिरहेको स्कुटीमाथि आक्रमण गरेर बाघले थापालाई लगेको बुझिएको। थापाको अवस्था अहिले सम्म पत्ता लाग्न नसकेको निकुंजले जनाएको छ। छोरालाई भने सामान्य चोट लागेको छ।
अहिले निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले हात्तीको सहायताबाट महिलाको खोजी गरिरहेको बताइएको छ।
पुष १८, २०७७ शनिबार १३:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।