भारतीय गाडीभित्र पेस्तोल भेटियो

अनुसन्धानका लागि कार्यालयको हाताभित्र रहेको जीजे ०६ एजेड ६३५१ नम्बर प्लेटको कन्टनेरमा पेस्तोल फेला परेको रुपन्देही प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र राजस्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा बिहीबार उक्त ट्रकको एअर फिल्टरभित्र पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले बताए।
ट्रकको एअर फिल्टरभित्र लुकाई राखेको अवस्थामा बेवली ३२ लेखेको पेस्तोल फेला परेको डीएसपी थापाले जानकारी दिए। उनले यसबारे आवश्यक अनुसन्धान भइरहेकोे बताए।
पुष १६, २०७७ बिहीबार २१:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।