यो सरकारले निर्वाचन गराउन सक्दैन : यादव
जसपा जिल्ला समन्वय समिति रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले लोकतन्त्रलाई समाप्त पार्ने र निरंकुश शासक बन्ने चाहनाले प्रधानमन्त्री ओलीले संसद विघटन गराएको आरोप लगाए।
चुनाव भए पनि वा संसद पुनस्थार्पना भए पनि केपी ओली पतन हुने उनले दाबी गरे। करिव दुईतिहाई बहुमत प्राप्त गरेको सरकारले चुनावको कुरा गरेर संसद विघटन गर्नु आफैमा आश्चर्यजनक विषय भएको उनले बताए। ओलीले लोकतन्त्रलाई समाप्त पार्ने खेलमा लागेर सरकारले संसद विघटन गराएको उनको आरोप थियो।
‘संसद विघटन पछि सरकार कामचलाउ-चुनावी सरकार हुन्छ, सरकारले मन्त्री हेरफर वा नयाँ मन्त्री नियुक्त गर्न पाउँदैन’उनले भने।
उनले ओली नेतृत्वको सरकारले निर्वाचन गराउन नसक्ने ठोकुवा गरे। ‘पूर्वराजा ज्ञानेन्द्रले संसद भंग गरेर असंवैधानिक कदम चालेका थिए, त्यो बेला उनले असंवैधानिक कदम नचालेको भए त्यो परिस्थिति अर्कै हुन सक्थ्यौं। यति बेला ओलीले पनि असंवैधानिक कदम चालेका छन्’ यादवले भने।
पुष १४, २०७७ मंगलबार २१:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।