अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा भारत ८ विकेटले विजयी

अस्ट्रेलियाले दिएको ७० रनको विजयी लक्ष्य १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गरेपछि भारतले चार खेलको टेस्ट शृंखलामा १-१ को बराबरी गरेको हो। यसअघि पहिलो टेस्ट अस्ट्रेलियाले ८ विकेटले नै जितेको थियो।
अस्ट्रेलिया दोस्रो इनिङमा २०० रनमा अलआउट भएपछि भारतले आज (मंगलबार) जितका ७० रनको झिनो लक्ष्य पाएको थियो। भारतलाई जित दिलाउन शुभमन गिल र कप्तान अजिन्का रहाने अविजित रहँदै क्रमशः ३५ र २७ रन बनाए।
त्यसअघि मयंक अग्रवाल ५ र चेतेश्वर पुजारा ३ रनमा आउट भए। अष्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिङ्सले समान १ विकेट लिए ।
१३३-६ बाट चौथो दिनको खेल अघि बढाएको अस्ट्रेलियाले थप ६७ रनमै सबै विकेट गुमाएको थियो। उक्त इनिङमा अस्ट्रेलियाका लागि क्यामरुन ग्रिनले सर्वाधिक ४५ रन जोडे। मिचेल स्टार्क १४ रनमा अविजित रहे।
अस्ट्रेलियाले पहिलो इनिङमा १९५ रन बनाएको थियो। भारतले भने ३२६ रन जोडेको थियो।
पुष १४, २०७७ मंगलबार ११:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।