वेस्ट ब्रोमविचसँग बराबरीमै रोकियो लिभरपुल

एनफिल्डमा आइतबार राति सम्पन्न खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन्।
खेलको १२ औं मिनेटमा साडियो मानेको गोलबाट अग्रता लिएको लिभरपुलले अन्तिम समयमा अग्रता जोगाउन सकेन। खेलको ८२ औं मिनेटमा वेस्ट ब्रोमविचका सेमी अजायीले बराबरी गोल फर्काएपछि लिभरपुलले १ अंकमा चित्त बुझाउनु पर्याे।
बराबरीसँगै लिभरपुलले अंकतालिकाको दोस्रो स्थानमा रहेको इभरटनसँग ३ अंकको अग्रता बनाएको छ। लिभरपुलको १५ खेलबाट ३२ अंक छ। समान खेल खेलेको इभरटनको २९ अंक छ।
यता वेस्ट ब्रोमविचको भने ८ अंक मात्रै छ। जारी सिजनका १५ खेल खेलेको उसले १ जित मात्रै हासिल गरेको छ।
एजेन्सी
पुष १३, २०७७ सोमबार ०९:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।