मुटु अस्पताललाई १ करोड सहयोग

जिल्लाको तिलोत्तमा नगरपालिका–४ मा मुटु अस्पतालले निर्माण प्रस्ताव गरेको अस्पताल भवन निर्माणका लागि व्यवसायी सुरज पाण्डेले एक करोड रुपैयाँ सहयोग गरेका हुन्।
बिगत २५ बर्षदेखि बुटवलमा बिभिन्न व्यवसाय संचालन गर्दै आएका पाण्डेले हाल औषधि उद्योग र मोटरपार्टस् संचालन गर्दै आएका छन्।
पिताम्बर पाण्डेय र गंगा पाण्डेयका छोरा सुरज विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्।
पाण्डेले अस्पतालको आठौं बार्षिक साधारणसभाको अवसरमा शुक्रबार उक्त सहयोग गरेका हुन्। यसअघि पनि अस्पताललाई २५ लाख रुपैयाँ सहयोग गरेका पाण्डेयले कोरोना महामारीको कारण गरिएको लकडाउन अवधिमा व्यवसायीहरुलाई आफ्नो व्यवसायिक भवनका १६ वटा सटरको भाडा छुटसमेत गरेका थिए।
सो अवसरमा उनलाई गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरी, अस्पतालका डा.समीर गौतमले सम्मान गरेका थिए।
साधारणसभाका अवसरमा अस्पतालका ७ जना उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।
पुष १०, २०७७ शुक्रबार १९:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।