
आइतबार २५ साउन, २०८२
चितवनको करदाता सेवा कार्यालयमा सिभिलको एक्सटेन्सन काउन्टर

काठमाडौं : सिभिल बैंकले चितवनको खैरेनीस्थित करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ।
यससँगै खैरहनी नगरपालिकाको करदाता सेवा कार्यालयका सेवाग्राहीहरूले सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत राजस्व तथा दस्तुर तिर्न सक्ने छन्।
यससँगै बैंकका एक्सटेन्सन काउन्टरको संख्या पाँच पुगेको छ। बैंकले ११४ शाखा कार्यालयबाट सेवा दिइरहेको जनाएको छ।
पुष ९, २०७७ बिहीबार १४:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।