पाँचथरमा बञ्चरो प्रहार गरी पत्नीको हत्या

काठमाडौं : पाँचथरमा एक युवकले बञ्चरो प्रहार गरी पत्नीको हत्या गरेका छन्।
हिलिहाङ गाउँपालिका–५, सुभाङका ३१ वर्षीय धनबहादुर उभरकोटीले हिजो राति बञ्चरो प्रहार गरेर ३० वर्षीया दुर्गामायाको हत्या गरेका हुन्।
टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ।
स्थानीयका अनुसार राति करिब १ बजे घटना भएको हो। छिमेकीले घटनाबारे प्रहरीलाई जानकारी दिएपछि बिहान ३ बजे प्रहरी घटनास्थल पुगेको थियो।
घटनामा संलग्न धनबहादुर फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पुष ९, २०७७ बिहीबार १०:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।