दाहाल–नेपाल समूहले लगाएको ताला १ घण्टा नबित्दै ओली समूहले तोड्यो

दाहाल–नेपाल समूहले लगाएको ताला १ घण्टा नबित्दै ओली समूहले तोड्यो

कैलाली जिल्ला पार्टी कार्यालय कब्जामा लिएको भोलिपल्टै दाहाल–नेपाल समूहले गोदावरी नगरपालिकामा पनि पार्टी कार्यालय कब्जा गरेको छ।

गोदावरी नगरपालिकाको कार्यालयमा दाहाल–नेपाल समूहले तालाबन्दी गरको एक घण्टा नपुग्दै ओली समूहले ताला तोडेर कार्यालय नियन्त्रणमा लिएको छ।

युवासंघ गोदावरीका सहसंयोजक दुर्गा प्रसाद अधिकारीले पार्टी कार्यालयमा लगाएको ताला फोडेर कार्यालय नियन्त्रणमा लिएको बताए। गोदावरी ओली सरकारका उद्योग मन्त्री लेखराज भट्टको गृह क्षेत्र हो।
 

पुष ८, २०७७ बुधबार १८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।