कैलालीका ११६ वटा योजनामा अनियमिता

कैलालीका ११६ वटा योजनामा अनियमिता

अनुगमनका क्रममा १३ वटा स्थानीय तहका ३९६ वटा योजना मध्ये ११६ वटा योजनामा अनियमिता भएको कांग्रेस कैलालीका पार्टी सभापति नरनारायण शाहले बताए। 

शाहका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा कार्यान्वयन भएका सबै स्थानीय तहमा सघीय, प्रदेश तथा स्थानीय सरकारबाट भएका विकास निर्माण योजनाहरुको अनुगमन गरेको थियो। 

अनुगमनका क्रममा सबै भन्दा धेरै धनगढी उपमहानगरपालिकामा भ्रष्टाचार भएको पाइएको कांग्रेसले जनाएको छ।

धनगढी उपमहानगरपालिकामा मात्रै १७ वटा योजनामा भ्रष्टाचार तथा अनियममितता भएको कांग्रेसले जनाएको छ। 

त्यस्तै गौरीगगा नगरपालिकामा १० वटा घोडाघोडीमा ७ वटा टीकापुरमा ८ वटा, कैलारी गाउपालिकामा ९ वटा, चुरे गाउपालिकामा १२ वटा, भजनी नगरपालिकामा ६ वटा, जानकी गाउपालिकामा ३ वटा, लम्किचुहमा १४ वटा योजनामा हिनामिना भएको कांग्रेसले जनाएको छ। 

यस्तै मोहन्याल गाउँपालिकामा ९ वटा र गोदवारी नगरपालिकामा १२ वटा योजनामा भ्रष्टाचार भएको कांग्रेसले जनाएको छ। वदगोरिया गाउपालिका र जोशीपुर गाउपालिकामा भ्रष्टाचार नभएको कांग्रेस सभापति शाहले बताए। 

कांग्रेसले तयार गरेको प्रतिवेदनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेश गर्ने शाहले बताए।
 

पुष ८, २०७७ बुधबार १७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।