सुनको मूल्य तोलामा ९ सय घट्यो 

सुनको मूल्य तोलामा ९ सय घट्यो 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला नौ सय रूपैयाँ घटेर ९४ हजार रूपैयाँमा कारोबार भइरहेको छ। हिजो यसको मूल्य प्रतितोला ९४ हजार नौ सय रूपैयाँ निर्धारण गरिएको थियो। 

तेजाबी सुन पनि सोही दरमा घटेर प्रतितोला ९३ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। हिजो यसको मूल्य प्रतितोला ९४ हजार चार सय रूपैयाँ कायम थियो। 

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सुनचाँदी व्यावसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५० रूपैयाँ घटेर एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। हिजो यसको मूल्य प्रतितोला एक हजार तीन सय १५ रूपैयाँ कायम थियो। 

पुष ८, २०७७ बुधबार १४:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।