मेस्सीले तोडे पेलेको कीर्तिमान

स्पेनिस ला लिगा फुटबलमा मंगलबार भालाडोलिडविरुद्ध भएको खेलमा १ गोल गरेपछि मेस्सीको बार्सिलोनाका लागि गरेको गोल संख्या ६ सय ४४ पुगेको छ।
पेलेले भने ब्राजिलियन क्लब सान्तोषका लागि ६ सय ४३ गोल गरेका छन्। पेलेले उक्त क्लबबाट १८ वर्षमा ६ सय ५६ खेल खेलेका छन्।
मेस्सीले गत शनिबार पेलेको उक्त कीर्तिमान बराबरी गरेका थिए।
एजेन्सी
पुष ८, २०७७ बुधबार १२:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।