बामदेव र बादलको मौनता : तेस्रो शक्तिको अभ्यास कि बार्गेनिङ ?

बामदेव र बादलको मौनता : तेस्रो शक्तिको अभ्यास कि बार्गेनिङ ?

काठमाडौं : मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई पक्षले एकअर्कालाई पार्टी बिरोधीको आरोप प्रत्यारोपसहित समानान्तर बैठक राखे। प्रधानमन्त्रीको सरकारी कार्यालयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली समूहको बैठक बिहान बस्यो। पुष्पकमल दाहाल र माधव नेपाल समूहको बैठक दिउसो बबरमहलमा बस्यो। 

दाहाल–नेपालको बैठकले केपी ओलीलाई अध्यक्षपदबाट हटाएर नेपाललाई अध्यक्ष बनायो। नेकपामा यत्रा गतिविधी भईरहँदा सचिवालयका प्रभावशाली दुई सदस्य उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री रामवहादुर थापा ‘बादल’ भने न ओलीको बैठकमा गए न दाहाल–नेपाल पक्षको बैठकमा देखिए। 

दाहाल-नेपाल र ओली गुटको राजनीतिमा बादल र गौतमको भूमिकाले महत्वपूर्ण अर्थ राख्छ। बादलसंग ३२ जनाभन्दा बढी केन्द्रिय सदस्य छन् भने गौतमसंग पनि नेता कार्यकर्ताको संख्या ठूलै छ। तर यो समयमा उनीहरुले बलियो उपस्थितिसहित एउटा पक्षलाई समात्छन, आधिकारीक र बलियो जो बन्छ उतै जान्छन या अरु बाटो लिन्छन् स्पष्ट छैन।

संसद विघटन हुनु अगाडिसम्म बादल ओलीतिर नरम थिए। तर, कित्ता खुलाइसकेका थिएनन्। गौतमले भने कित्ता खुलाएर दाहाल–नेपाल समूहमा सक्रिय भएका थिए। आइतबार मन्त्रिपरिषद्बाट संसद विघटनको प्रस्ताव गएसँगै जब राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको प्रस्ताव अनुमोदन गर्दै नयाँ निर्वाचनको मिति तोकिन उनीहरु मौन नै बसे।  

उनीहरुको मौनताले राजनीतिक वृत्तमा अनोठौ शंका उव्जाएको छ। प्रधानमन्त्रीले सांसद विघटन गरिसकेपछि दुवैले ढिलो गरि मात्र कदम गलत भएको प्रतिक्रिया दिएका थिए। असन्तुष्ट पक्षका मन्त्रीहरुले सामुहिक राजिनामा दिँदासमेत बादलले राजिनामा दिएनन्। बामदेवले पनि प्रधानमन्त्रीको कदमलाई ढिलासम्म न सहि भने न गलत नै। 

पार्टी फुटको घोषणा मात्र हुन बाँकि छ तर,उनीहरु कुनै पनि कित्तामा खुलेका छैनन्। दाहाल–माधव र ओली पक्षले आफ्नै पक्षमा आउने दावी गरिरहेका छन्। यसबीचमा दुई नेताबीच अनौठो साँठगाँठ देखिएको छ। 

गौतम र बादलबीच तेस्रो समूह बनाउने बारेमा छलफल भइरहेको निकट स्रोतको दावी छ। दुवै जना नेताबीच पछिल्लो समय निकटता बढिरहेको छ। 

मंगलबार दाहाल–नेपाल गुटको बैठक सुरु भएपछि मात्र यी दुईबीच भेटवार्ता भयो। तर,अझै यसै गर्छन भन्ने टुंगोे छैन्।

यो रहस्यमय मौनताले नेकपा भित्र ‘तेस्रो शक्तिको रुपमा उदाउन खोजेको त होईन ?’ भन्ने प्रश्न पनि सँगै उव्जाएको छ।  यी दुई जना अर्को शक्तिको रुपमा उदाँउछन् या यही अवस्थामा बार्गेनिङ गरेर एउटा पक्षमा आफुलाई समाहित गर्छन् भन्ने टुंगो छैन। 

दाहाल-नेपाल र ओली गुटको राजनीतिमा बादल र गौतमको भूमिकाले महत्वपूर्ण अर्थ राख्छ। बादलसंग ३२ जनाभन्दा बढी केन्द्रिय सदस्य छन् भने गौतमसंग पनि नेता कार्यकर्ताको संख्या ठूलै छ। तर यो समयमा उनीहरुले बलियो उपस्थितिसहित एउटा पक्षलाई समात्छन, आधिकारीक र बलियो जो बन्छ उतै जान्छन या अरु बाटो लिन्छन् स्पष्ट छैन।

गौतमका प्रेस सल्लाहकार विश्वमणी सुवेदीले उनी अहिले कुनै पनि गुठमा सहभागी नहुने बताए। ‘अहिले कुनै पनि गुटमा नजाने र पूर्व एमालेको जनताको बहुदलिय जनबाद (जबज) का पक्षधरको मोर्चा निर्माण गर्ने उहाँको रणनीति छ’ सुवेदीले भने,‘पछि निर्वाचन भयो भने सोही मोर्चाबाट निर्वाचनमा जाने योजना छ।’

बादल निकट स्रोतका अनुसार उनी व्यवहारिक रुपमा दाहालसँग सन्तुष्ट छैनन्। त्यस्तै सैद्धान्तिक रुपमा ओलीसँग पनि सन्तुष्ट हुन सकेका छैनन्। यही अवस्थाका कारण उनले निर्णय लिन नसकेका हुन्। पार्टी फुटेको अवस्मा उनी दाहाल पक्षसँग नै जाने तयारीमा छन्।

 

चान्स मार्ने विगत 

विगतलाई हेर्ने हो भने दुबै नेता अवसरका लागि चान्स मार्नेमा पर्छन। गौतमले एमाले छाडेर माले गठन गर्दै पुन एमालेमै फर्किए। एमालेदेखि माओवादीसँग पार्टी एकतापछि बनेको नेकपामा पनि सांसद र प्रधानमन्त्री बन्न पाउने लोभमा पार्टीका हरेक निर्णयमा बार्गेनिङ गरिरहनेमा पर्छन। यसबीचमा उनले कहिले दाहाल त  कहिले ओली पक्षको साथ लिइरहे। 

दाहालका विश्वासपात्र मानिएका बादल गणतन्त्र प्राप्तिका लागि ज्यान हत्केलामा राखेर लडेका पात्र हुन्। सशस्त्र द्वन्द्व हुँदै शान्ति प्रकृयामार्फत मुलधारको राजनीतिमा आए। सँधै क्रान्तिकारी छवि बनाएका बादल ओली सरकारमा पुगेसँगै रङ बदल्न पुगे। बादलको यो प्रवृति विश्वास गरेर सरकारमा पठाउने प्रचण्डलाई पनि भारी पर्न पुगेको छ। 

पुष ७, २०७७ मंगलबार १९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।