नेकपा कैलालीको पार्टी कार्यालयमा तालामाथि ताला

धनगढी : नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षका नेता तथा कार्यकर्ताले धनगढीस्थित नेकपा पार्टी कार्यालयमा ताला लगाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने पार्टी अध्यक्ष रतन थापा समूहले कार्यालयमा लगाएको पुरानो तालामाथि दाहाल–नेपाल समूहले मंगबार अर्को ताला लगाएका हुन्।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विद्यार्थी नेता र कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका हुन्।
दाहाल–नेपाल समूहका नेता कार्यकर्ताले धनगढीमा दिनहुँ विरोध र्याली निकाल्दै आएका छन्।
पुष ७, २०७७ मंगलबार १५:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।