‘सशस्त्र प्रहरी महानिरीक्षक कप’ सुरु
काठमाडौँ : ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ सशस्त्र प्रहरी बल, हल चोकमा सुरु भएको छ। प्रतियोगिता पुस ७ सम्म नेपाल एपीएफ रङ्गशाला र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान माता तीर्थमा सञ्चालन हुनेछ।
फुटबल , भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’मा १८ जना महिलासहित कूल २ सय ७० जना खेलाडीहरूको सहभागी छन्।
प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरूका एक–एक टिम गरी कूल नौ वटा टिमको सहभागिता रहेको छ।
सो प्रतियोगिताको आज भएको एथलेटिक्स ८ सय मिटर पुरुषतर्फको दौडमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी जवान मङ्गल थारु प्रथम भएका छन् भने महिला १५ सय मिटर दौडमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान माता तीर्थकी सशस्त्र प्रहरी जवान आशा रावत प्रथम भएकी छन् ।
पुष ५, २०७७ आइतबार २०:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।