शीर्ष स्थानको एट्लेटिकोले बनायो तीन अंकको अग्रता

शीर्ष स्थानको एट्लेटिकोले बनायो तीन अंकको अग्रता

काठमाडौं : स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिडले तीन अंकको अग्रता कायम गरेको छ।

शनिबार राति सम्पन्न खेलमा इल्चलाई ३-१ गोलले हराएपछि एट्लेटिकोले दोस्रो स्थानको रियल सोसिडाडसँग अंकदूरी बनाएको हो। जारी सिजनमा १२ खेल खेलेको एट्लेटिकोले २९ अंक पुगेको छ। 

अंकतालिकामा दोस्रो स्थानको रियल सोसिडाडको २६ अंक छ। उसले एट्लेटिको मड्रिडभन्दा ३ खेल बढी खेलेको छ। 

सोसिडाडसँग समान अंक भए पनि रियल मड्रिड गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ। उसले जारी सिजनमा सोसिडाडभन्दा दुई खेल कम खेलेको छ। 

घरेलु मैदानमा एट्लेटिकोलाई जिताउन लुइस स्वारेजले दुई र डिएगो कोस्टाले एक गोल गरे। यस्तै, इल्चका लागि लुकास बोयले एक गोल गरे। 

पुष ५, २०७७ आइतबार ०८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।