भारत–अस्ट्रेलिया पहिलो टेस्ट सुरु 

भारत–अस्ट्रेलिया पहिलो टेस्ट सुरु 

काठमाडौं : भारत र अस्ट्रेलियाबीचको टेस्ट क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेल सुरु भएको छ। 

 

खेलमा पाहुना टोली भारतले टस जितेर ब्याटिङ गरिरहेको छ। ९ ओभरको खेल सकिँदा भारतले १ विकेट गुमाएर १६ रन जोडेको छ। उसका लागि चेतेश्वर पुजाराले ९ र मयंक अग्रवालले ६ रन बनाएका छन्। 

भारतले आफ्नो पहिलो विकेटका रूपमा पृथ्वी सोलाई ० रनमै गुमाएको छ। सोलाई मिचेल स्टार्कले बोल्ड आउट गरेका छन्। 

अस्ट्रेलियाका स्टार्कले ५ तथा जोश हेजलवुडले ४ ओभर बलिङ गरेका छन्। स्टार्कले १ मेडनसहित १० रन खर्चिँदा हेजलवुडले २ मेडनसहित ६ रन मात्रै दिएका छन्। 

भारतले घरेलु टोली अस्ट्रेलियासँग ४ खेलको टेस्ट शृंखला खेल्दै छ। 

पुष २, २०७७ बिहीबार १०:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।