सुनको मूल्य बढ्यो 

सुनको मूल्य बढ्यो 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रूपैयाँ बढेर ९३ हजार १०० रूपैयाँ पुगेको छ। हिजो यसको मूल्य प्रतितोला ९२ हजार ३०० रूपैयाँ कायम थियो। 

यस्तै, तेजाबी सुनको मूल्य सोही दरमा बढेर प्रतितोला ९२ हजार ६५० रूपैयाँ निर्धारण गरिएको छ।

चाँदीको मूल्य भने प्रतितोला ३० रूपैयाँ बढेर १ हजार २३० पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। 

पुष १, २०७७ बुधबार १२:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।