गगन थापाले भने–निरिह मुख्यमन्त्रीका कारण जनताले दुःख पाए

नेपाली कांग्रेस कैलालीद्धारा सरकारको सर्वससत्तावादको बिरोधमा सोमवार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले मुख्यमन्त्रीको लाचारी र निरिहताका कारण सुदूरपश्चिमका जनताको परिवतर्नन र विकासको अपेक्षा पुरा नभएको बताए।
‘मुख्यमन्त्रीजी क्षमागर्नुहोला तपाई जस्तो निरह र लाचार मुख्यमन्त्रीका कारण सुदूरपश्चिमका जनताले दुःख पाए। सुदूरपश्चिममा लेखराज भट्ट र भीम रावलको पहलमा सेनिटाईजर बाडियो भनेर समाचार आउछ’ थापाले भने,‘प्रदेश सरकारले के गर्यो? यो प्रदेशको मुख्यमन्त्रीले संघीयताको भारी बोक्न सकेन।’
राष्ट्रपति बिद्यादेवी भण्डारीले आफूलाई महारानी सम्झिन थालेको भन्दै थापाले चर्को आलोचना गरेका छन्। ‘राष्ट्रपति आँखा नचम्काई बक्स्योस। हात लम्काईस्योस। हिम्मत छ भने काठमाण्डौमा चुनाव लड्न आइस्योस’ उनले भने।,
राष्ट्रपति भण्डारीले राष्ट्रपतिको मर्यादा र गरिमा कायम राख्न नसकेको भन्दै थापाले सम्मानित भएर बस्नु पर्ने राष्ट्रपति भण्डारीले नेकपाको नेताका रुपमा आफूलाई प्रस्तुत गरेको थापाको भनाइ थियो।
संसदबाट भागेको सरकारलाई ठेगान लगाउन नेपाली काँग्रेस सडकमा उत्रिएको हो,थापाले भने,‘बरालिएको सरकारलाई ठेगान लगाउन काँग्रेस सडकमा आएको हो। सरकार शक्तिशाली छ। तर जनतालाई शक्तिशाली बनाउन सरकारले कुनै काम गरेको छैन’ थापाले भने,‘हावादारी गफमा समय बिताईरहेको छ।
भ्रष्टाचारमा संलग्नहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै संरक्षण गरेको उनले आरोप लगाए।
‘बालुवाटारको चार आना जग्गा छोराको नाममा राख्ने अर्थमन्त्री, उसलाई सिफारिस गर्ने मान्छे हिजो जेल गयो। सिफारिस गर्ने मान्छे जेल जाँदा तर खाने मान्छे चाहीँ अर्थमन्त्रीको कुर्सीमा बिराजमान हुनुहुन्छ’उनले भने।
यो सबै प्रधानमन्त्रीको इच्छा बमोजिम चलेको छ भन्दा गलत नहुने उनको दाबी छ।
‘नेपाल सरकार संलग्न भएर भएको एउटा पनि भ्रष्टाचारको काण्ड प्रधानमन्त्रीको संरक्षण विना भएको छैन’ कांग्रेस नेता थापाले भने, ‘भ्रष्टाचारी खोज्न कहीँ जानु पर्दैन। बालुवाटार गए पुग्छ। सिंहदरबार गए पुग्छ।’
सिंहदरबारको कुर्सीको तातो थाहा पाएका ओली र चितवनमा घरदैलो गर्दा हार्ने डर देखेका प्रचण्डबीच एकता भएको थापाले टिप्पणी गरे।
मंसिर २९, २०७७ सोमबार १७:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।