बिग बास : सिड्नीविरुद्ध ब्याटिङ गर्दै ब्रिसबेन 

बिग बास : सिड्नीविरुद्ध ब्याटिङ गर्दै ब्रिसबेन 
तस्बिर : क्रिकइन्फो डट कम।

काठमाडौं : अस्ट्रेलियन टि–ट्वान्टी क्रिकेट लिग बिग बासमा सिड्नी थण्डरविरुद्ध ब्रिसबेन हिटले ब्याटिङ गरिरहेको छ। 

टस जितेर ब्याटिङ गरिरहेको ब्रिसबेनले ९ ओभरमा २ विकेट गुमाएर ७४ रन जोडेको छ।

उसका लागि क्रिस लिन २३ र डेन लरेन्स २ रनका खेलिरहेका छन्। यस्तै, म्याक्स ब्रेयन्टले २९ र साम हिजलेटले २० रन बनाए। 

बलिङमा डेनियल स्याम्स र जोनाथान कुकले समान १ विकेट लिएका छन्। 

जारी सिजनमा आफ्नो दोस्रो खेल खेलिरहेका यी दुवै टोली पहिलो जितको खोजीमा छन्। 

मंसिर २९, २०७७ सोमबार १४:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।