सय रूपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं : तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य आज (सोमबार) सय रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ४०० रूपैयाँ कायम भएको छ। हिजो यसको मूल्य ९२ हजार ५०० रूपैयाँ थियो।
शुक्रबारयता सुनको मूल्य स्थिर थियो। उक्त दिन छापावाल सुन तोलाको ९२ हजार ५०० रूपैयाँ यथावत थियो।
यस्तै, तेजाबी सुनको मूल्य पनि सोही दरमा घटेर तोलाको ९१ हजार ९५० रूपैयाँ कायम भएको छ। चादीको मूल्य भने प्रतितोला १ हजार २०० रूपैयाँमा स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंसिर २९, २०७७ सोमबार १३:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।