शीर्ष स्थानमा उक्लियो रियल सोसिडाड

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडलाई पछि पार्दै रियल सोसिडाड शीर्ष स्थानमा पुगेको छ।
आइतबार राति इबरविरुद्ध १ १ गोलको बराबरी खेल्दै अंक बाँडेपछि सोसिडाड अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो। सोसिडाडले पहिलो हाफमा अग्रता बनाउँदा इबरले दोस्रो हाफमा बराबरी गोल गर्याे।
अंकतालिकामा एथ्लेटिको मड्रिडसँग समान २६ अंक भए पनि गोल अन्तरका आधारमा सोसिडाड शीर्ष स्थानमा छ।
मंसिर २९, २०७७ सोमबार ०८:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।