दुई जना कोरोना संक्रमितको मृत्यु

दुई जना कोरोना संक्रमितको मृत्यु

धनगढी : एकै दिन धनगढीमा दुई जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–१ की ५५ वर्षीया कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ।

स्वासप्रस्वास र सुगर सम्बन्धी समस्या लिएर मंसिर २२ गते अस्पताल भर्ना भएकी महिलाको कोरोना सङ्क्रमणबाट आइतबार दिउँसो मृत्यु भएको हो।

यस्तै आइतबार बिहान जिल्लाको गोदावरी नगरपालिका–१ का ७५ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।

मंसिर २१ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी महिलाको भेन्टिलेटरमा उपचार भइरहेको थियो। यो सँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ।

मंसिर २८, २०७७ आइतबार १७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।