सरकारले घोषणा पत्र भुल्यो : नेता साउद

सरकारले घोषणा पत्र भुल्यो : नेता साउद

धनगढी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदले सरकारले आफ्नो घोषणा पत्र अनुसार काम नगरेको बताएका छन्।

आइतवार धनगढीमा नेपाल प्रेस यूनियन कैलाली शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्तारुढ दल नेपाल कयुनिस्ट पार्टी नेकपाले सञ्चालन गरेको सरकारले आफ्नो घोषणा पत्र झुलेको आरोप लगाए।

उनले घोषणा पत्र भुलेर अहिले सरकार आफ्नै पार्टीको सत्ता र संघर्षमा केन्द्रित भएको बताए। 

उनले देश कोरोना महामारीसँग जुधिरहदाँ पनि सरकार पार्टी संघर्षमै रहेको बताए । देश कोरोना महामारीसँग जुधिरहेको छ तर, सरकारलाई कुनै चासो छैन’ उनले भने, ‘सरकार अहिले आफ्नै पार्टी संघर्षमै छ।’

उनले महंगी आकासिएको, बेरोजार बढेको र अर्थतन्त्र धरासय भएको बेलासमेत सरकार जनताप्रति उत्तरदायी नभएको आरोप लगाए। 
‘सरकार जनताप्रति उत्तरदायी नहुँदा अहिले जनता पनि सरकारप्रति पूर्णनिरास भइसकेका छन्’ उनले भने। उनले अहिले प्रजातन्त्र र संविधान खतरामा परेको बताए। 

‘कांग्रेसले सरकारलाई सच्चिन पटकपटक आग्रह गरेपनि सरकार अहिले सम्म सच्चिन सकेन’ उनले भने,‘सरकारले अहिले सम्म संसद सुचारु गर्न चासो दिएको छैन।’ 

काग्रेस नेता रामचन्द पौडेललाई उनकै गृह जिल्लामा प्रहरीले दमन गरेको समेत उनले आरोप लगाए। 

नेता साउदले काँग्रेस अहिले सरकारमा सामेह हुने सम्भावना नरहेकोसमेत स्पस्ट पारे। 

मंसिर २८, २०७७ आइतबार १४:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।