कोरोनाबाट बाँकेमा शिक्षा अधिकृतसहित दुईको मृत्यु

कोरोनाबाट बाँकेमा शिक्षा अधिकृतसहित दुईको मृत्यु

भैरहवा : बाँकेमा कोरोना भाइरस संक्रमणबाट एक जना शिक्षा अधिकृतसहित दुई जनाको मृत्यु भएको छ। 
 

एक जनाको भेरी अस्पताल नेपालगन्जमा र अर्काको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिकामा शिक्षा शाखा अधिकृतका रुपमा कार्यरत दानबहादुर विष्टको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । नेपालगन्ज उपमहानगरपालिका–४ का ४९ वर्षीय विष्टको उचपारका क्रममा भेरी अस्पतालमा आइतबार निधन भएको बाँकेका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिए।

विष्ट हिजोमात्रै भेरी अस्पतालमा भर्ना भएका थिए। उनलाई आईसीयूमा राखेर उपचार भइरहेकामा बिहान ३ः३० बजे निधन भएको ओलीले बताए। उनमा लक्षणसहितको कोरोना भएको थियो। साथै स्वासप्रश्वासमा पनि समस्या थियो।

यस्तै गत २७ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएका डोटी सिलगढी–५ का ४९ वर्षीय १ जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। उपचारका क्रममा शनिबार साँझ ७ः४५ बजे उनको मृत्यु भएको ओलीले जानकारी दिए।

योसँगै कोरोना संक्रमित भई उपचारा लागि बाँकेका विभिन्न अस्पतालमा आएका जिल्ला बाहिरका कोरोना संक्रमित मध्य मृत्यु हुनेको संख्या ६८ पुगेको छ भने बाँके जिल्ला भित्रका ४१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

मंसिर २८, २०७७ आइतबार १४:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।